×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा मयूर यातायात चल्न थाल्यो, मास्क अनिवार्य, कुन-कुन रुटमा दिँदैछ सेवा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौंमा मयूर यातायात चल्न थाल्यो, मास्क अनिवार्य, कुन-कुन रुटमा दिँदैछ सेवा ?

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौँ उपत्यकामा मयूर यातायात संचालनमा आएको छ । लामो समयदेखिको लकडाउनका कारण ठप्प रहेकोमा आजदेखि मयूर यातायातले सेवा दिन थालेको हो । कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको बताए ।
मयूर यातायात संचालनमा आएतापनि अन्य यातायात भने संचालनमा आएका छैनन् । ठूला यातायात कम्पनीहरुले विभिन्न शर्त राखेर बस नचलाउने निर्णय गरेका बेला मयूरले भने आज (सोमबार)बाट ६ वटा बसमार्फत सेवा थालेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस संचालनमा ल्याइएको र रिंगरोडमा ४ वटा बस चलाउन थलिएको जनाएको छ । यस्तै कम्पनीले २/३ दिनमा २०/२२ वटा बस संचालनमा ल्याउने तयारी गरेको छ । अहिले कम्पनीसंग ४४ वटा बस छन् । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी