×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ !

LAXMI SUNRISE BANK

‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ !

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले बिहिबार उनीसहित ३ जनालाई पक्राउ गरेको हो । 
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको अख्तियार स्रोतले जनाएको छ । 
यसअघि पनि उनी नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी