×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ४.५७ अंकले बढ्यो बजार, कारोबार ९० करोड ८० लाखमाथि

PRIME CA
GLOBAL IME BANK

बिहिबार ४.५७ अंकले बढ्यो बजार, कारोबार ९० करोड ८० लाखमाथि

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ४.५७ अंकले बढेर १३३१.१० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ८० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २५ करोड १८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्तको भएको छ ।
यता, बिहिबारको कारोबार बैंकिंग र व्यापार उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन्। सबैभन्दा धेरै सुर्योदय लघुवित्त र एनआईसी एशिया लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमइ सम्मुनत र नेसनल हाइड्रो पावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: