
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । हल्का वर्षा भएसँगै धनगढीका अधिकांश स्थानहरु जलमग्न भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८, ३, १४, १२, १ लगाएतका वडाहरु जलमग्न भएका हुन् । मंगलबारदेखी भएको वर्षाका कारण निकास नपाउँदा पानी जमेको स्थानियले बताएका छन् ।
विगतकै वर्षदेखी रहँदै आएको डुुबानको उक्त समस्याको बारेमा नगरपालिकाले ध्यान नदिएकै कारण यस्तो समस्या भोग्नुपरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का स्थानिय जगतनाथ ओझाले बताए । उनले भने, “डुबानको समस्या हाम्रा लागि कुनै नौलो समस्या होइन, विगतदेखिनै भोग्दै आएको समस्या हो । वर्षायाम सुरु हुनलाग्दा पनि निकासका लागि पहल नगर्दा यो समस्या झेल्नु परेको छ ।”
अर्कोतिर धनगढीमा डुबानको समस्या देखिनुको प्रमुख कारण खोलानाला अतिक्रमण पनि एक हो । वर्षौदेखी खोलानाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्दै आएका कारण अधिकांश खोलानाला थुनिएका छन् । जसले गर्दा ठुलो वर्षा हुँदा पानीले सजिलै निकास नपाएपछि धनगढी अधिकांश क्षेत्र जलमग्न हुनेगर्दछन् । हल्का वर्षामै पनि जलमग्न हुने धनगढीमा बेलैमा ध्यान नदिए ठुलै डुबानको समस्या आउने अनुमान गरिएको छ । वर्षा भएसँगै धनगढीका अधिकांश क्षेत्र पानिले भरिभराउ ! हेनुहोस् फोटो फिचरमा केही प्रतिनिधि तस्विर..






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्