×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा, यस्तो छ कारण !

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । मुटुमा समस्या भएपछि प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन् । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो। 
प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल गएको बताए ।  बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी