×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघामा लगाइएको धानखेती डुबानमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघामा लगाइएको धानखेती डुबानमा !

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ ।  चाररपाँच दिनदेखि परेको अविरल वर्षाका कारण उक्त औद्योगिक क्षेत्रमा पानी पसेको हो । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ ।
औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । ती उद्योगमा पनि पानि पसेको छ । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ । 
यस्तै अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी