×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीले जेठ २० गतेदेखि ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

PRIME CA

अपि पावर कम्पनीले जेठ २० गतेदेखि ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जेठ २० गतेदेखि अपि पावर कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस कम्पनीले हकप्रद सेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । 
जसअनुसार वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर किन्न पाउने छन् भने हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: