- अर्थ सरोकार सम्बाददाता
परासी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको छ । कमपनिको परासीस्थित बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको हो ।
बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका उनलाई एक साता अघि मात्रै कोरोना पुष्टी भएको थियो । उनको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । शाखाका प्रमुख शिव चालिसेले ढकालको मृत्यु भएको पुष्टी गरेका छन् । विवाहित ढकालका दुई सन्तान छन् ।