- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार फुकुवा गरिएकाे छ । असार ९ गते मंगलबारकाे निर्णय अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (४) बमाेजिम संस्थाकाे धितोपत्र सूचीकरण स्थगन फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेले गत फागुन २० गतेबाट संस्थाकाे शेयरधनीहरुले बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चिता हुन अवस्थामा अन्याैल भई लगानीको हित विपरित भएकोले उक्त विषयको टुङ्गो नलागेसम्म स्पष्टीकरण माग गर्दै कारोबार स्थगन गरेकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्