×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी बढुवामा गोदावरी नगरपालिकाको मनपरी, एसएलसीको योग्यता भएकालाई सिधै अधिकृतमा बढुवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्मचारी बढुवामा गोदावरी नगरपालिकाको मनपरी, एसएलसीको योग्यता भएकालाई सिधै अधिकृतमा बढुवा

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले एसएलसीको योग्यता भएका कर्मचारीलाई अधिकृतमा बढुवा गरेको पाइएको छ । नगरपालिकाले एसएलसीको योग्यता रहेका सुरेश कार्कीलाई अधिकृत छैटौँ तह अर्थात अधिकृतमा बढेको गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट उक्त उक्त विषय पत्ता लागेको हो । 
आठ वर्षअघि खरिदारसरहको पदबाट गोदावरी नगरपालिकाको सेवामा प्रवेश गरेका उनलाई नगपालिकाले कर्मचारी व्यवस्थापन (सेवा सर्तसम्बन्धी ऐन, २०७६ जारी गरी उनलाई शैक्षिक योग्यताभन्दा दुई तह माथिल्लो (अधिकृत छैटौँ)पदमा बढुवा गरेको हो ।
शैक्षिक योग्यताभन्दा एक तह माथि बढुवा हुन सक्ने निजामती ऐनको व्यवस्थाअनुसार उनी यसअघि नै नायब सुब्बासरह सबइन्जिनियरमा बढुवा भएका थिए । यता  राष्ट्रिय सतर्कता केन्द्रले पनि सो नियुक्तिलाई गैरकानुनी भनेको छ । गोदावरीका मेयर गजेन्द्र महर्जनउनको बढुवा नभई स्तरोन्नति मात्र भएको बताउँछन् । यसो त सो नगरपालिकाको ऐन नै गैरकानुनी रहेको बताइन्छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी