×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता संस्थापक समूहको सेयरमा बिहिबार कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने

PRIME CA

नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता संस्थापक समूहको सेयरमा बिहिबार कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० हजार कित्ता संस्थापक समूहको सेयरमा आज बिहिबार आवेदन दिने अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ भने यसमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा असार १० गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: