×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्गौला रोगी बालकले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिर्गौला रोगी बालकले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । मिर्गौला रोगी एक बालकले कोरोना जितेका छन् । सप्तरी राजविराज नगरपालिका-१३ पिपराहीका १४ वर्षिय उनी कोरोना जितेर घर फर्किएका हुन् । उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन् ।
भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा संक्रमित भएका थिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उनीसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी