×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउदीबाट पहिलो उडानमार्फत काठमाडौँ आइपुगे १५३ जना नेपाली, दोस्रो विमान भोली आउने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साउदीबाट पहिलो उडानमार्फत काठमाडौँ आइपुगे १५३ जना नेपाली, दोस्रो विमान भोली आउने !

Artha Sarokar

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपाली काठमाडौँ आइपुगेका छन् । सरकारले साउदीमा रहेका १५३ जना नेपालीलाई उद्दार गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उनीहरू हिमालय एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको हुन् । उक्त विमानबाट एक नेपालीको शव पनि ल्याइएको थियो । 
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए । भोलि आउने उडानमार्फत २२६ जना प्राथमिकतामा परेका छन् । 
यस्तै साउदीको रियादबाट नेपाल एयरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्दैछ । उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी