×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो समाचार : संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडा, पोखरामा एनसेलले सेवाग्राहीलाई सेवा प्रदान गर्दै !

PRIME CA

फोटो समाचार : संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडा, पोखरामा एनसेलले सेवाग्राहीलाई सेवा प्रदान गर्दै !

अर्थ सरोकार

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडादेखि पोखराको सृजनाचोकस्थित एनसेल ग्राहक सेवा केन्द्रबाट सामाजिक दूरी कायम र ज्वरो मापन गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडा ।
पोखराको सृजनाचोकस्थित एनसेल ग्राहक सेवा केन्द्रबाट सामाजिक दूरी कायम र ज्वरो मापन गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्दै । 
सप्तरीको तिरहुत गाउँपालिका–४, डिमनस्थित राम टोलका ५० घरधुरी दलित परिवार हिँड्दै आएको बाटो खुल्ला गर्न माग गर्दै दलित अगुवाहरु  बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माथि सदस्यहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत धान व्लक  र मु ब्लक सञ्चालन भएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७, ८, ९ र १० का किसानलाई ५० प्रतिशत अनुदानमा उपलव्ध गराउन ल्याइएका पावर टिलरको टुल बक्स हस्तान्तरण गर्दै नगरप्रमुख दिलबहादुर ऐर । 
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलामा कार्यरत सकल दर्जालाई निर्देशन दिँदै । निर्देशनको क्रममा उहाँले सशस्त्र प्रहरीले सीमा सुरक्षा राष्ट्रियताको रक्षाका लागि निरन्तर लाग्न निर्देशन दिनुभयो । 
विद्यालय जान छाडेका एक वर्षीय विकास विक । सदरमुकाम लिवाङमा रहेको बालमन्दिर प्राथमिक विद्यालयको कक्षा १ मा पढदै गरेका उनले एक वर्षअगाडि पढाइ छोडेर मागेर गुजार चलाउन गरेको छ । 
चीनको स्वशासित क्षेत्र तिब्बत झोम्बा काउन्टीबाट नेपालको मुस्ताङ जिल्लालाई स्वास्थ्य सामग्री प्रदान गरिँदै । काउन्टीले नेचुङ्गस्थित सशस्त्र प्रहरी बलको बिओपीलाई दोस्रो पटक जेनेरेटरलगायत सामग्री पनि उपलब्ध गराएको छ । 
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को परासीमा ‘कोभिड १९’ को जोखिम नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका ट्राफिक प्रहरीलाई बुधबार केएन ९५ मास्क, सेनिटाइजर, ग्लोब्स, डिटोल साबुन तथा खाजा हस्तान्तरण गर्दै रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरि लगायत । 
प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक भएको वार्षिक आय र व्ययको विषयमा छलफल शुरु हुनुभन्दा पहिले सदनमा सङ्क्षिप्त मन्तव्य राख्दै । 
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकालाई योग सिकाइँदै ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिकाका किसानलाई अनुदानको कृषि उपकरण यन्त्रको साँचो हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल ।
कैलालीको टीकापुर नगरपालिकामा सघन शहरी विकास अन्तर्गत निर्माणाधीन घण्टाघर । निर्माण सम्पन्न भएपछि घण्टाघरबाट टीकापुर नगरपालिकाको अवलोकन गर्ने सकिन्छ । 
डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान । गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: