
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा संघीय सरकारको विरोधमा बिहीबार आयोजना भएको प्रदर्शनमा सरकार कोरोनाभाइरस नियन्त्रण र रोकथाममा फेल भएको युवाहरुले बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु सडकमा उत्रेका हुन् ।
वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । युवाहरुलाई घण्टाघर जम्म हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै बसेर केही बेर विरोधका नारा लगाएका थिए ।
‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए ।
८० दिनसम्म लकडाउन हुँदा पनि तिब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि सरकारको चौतर्फी विरोध सुरु भएको छ । वीरगञ्जका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्