×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मृत्यु भएका वृद्धसँगै रहेकाहरुको कोरोना रिपोर्ट नेगेटिभ, फेरि स्वाब परीक्षण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाबाट मृत्यु भएका वृद्धसँगै रहेकाहरुको कोरोना रिपोर्ट नेगेटिभ, फेरि स्वाब परीक्षण गरिने

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

चितवन । कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको ज्वाईँ र उनीसँगै आइसियूमा रहेका बिरामीमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मुटु, सुगर र उच्च रक्तचापसमेतका बिरामी रहेका भरतपुर महानगरपालिका वडा नं. ११ का वृद्धको मंगलबार बिहान भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएको थियो ।
श्रीमतीसहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि भरतपुरको नारायणी सामुदायिक अस्पताल लगेका ज्वाईँमा कोरोना संक्रमण नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको अर्को साता फेरि स्वाब परीक्षण गरिनेछ । उनलाई अहिले आइसोलेसनमा राखिएको छ । 
अस्पतालका निर्देशक बिष्णु कुँवरका अनुसार ६ जना बिरामी र दुई स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ । बाँकी केही स्वास्थ्यकर्मी अहिले पनि होटलको क्वारेन्टाइनमा रहेको निर्देशक कुँवरले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी