
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले केही दिन भित्रमा धानको समर्थन मूल्य तोक्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले केही दिन भित्रमा धानको समर्थन मूल्य तोक्ने तयारी भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै किसानले उत्पादन गर्ने सबै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार केही दिन भित्रमा धानको मूल्य तोक्ने बताउनुभएको हो । उहाँले धान रोप्ने समय भइसकेकाले छिट्टै मूल्य तोक्न लागिएको बताउनुभयो ।
मन्त्री भट्टले किसानलाई उत्पादनको उचित मूल्य प्रदान गर्न न्यूनतम समर्थन मूल्य तोक्ने र उत्पादित वस्तु सरकारले नै खरिद गर्ने विषयमा स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न बालि लगाउनु पूर्व नै न्यूनतम समर्थन मूल्य तोकिने छ । धानबालि लगाउने समय सुरु हुने भएकाले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन केही दिनमै तोकिने छ । चालु आर्थिक वर्षमा धानको न्यूनतम मूल्य तोकि करिब २० हजार मेट्रिकटन धान र करिब ५ सय ६० मेट्रिकटन गहुँ खरिद गरिएको र गहुँको खारिद गर्ने क्रम जारी नै रहेको छ ।’
यस्तै स्वदेशी उत्पादनले बजार पाउने गरी आपूर्ति श्रङ्खलालाई थप प्रभावकारी बनाइएको समेत जानकारी दिनुभयो । आयात र बजारको मागको एकिकृत तथ्याङ्कमा प्रशोधन र विश्लेषण गरी आपूर्ति व्यवस्थालाई सुदृढ गर्न एकिकृत आपूर्ति व्यवस्थापन प्रणाली निर्माण गरिने बताउनुभयो । देशभर कुल ३ लाख १० हजार मेट्रिकटन खाद्यन्न मौज्दात राख्ने गरी पूर्वाधार निर्माण र अन्य व्यवस्था गरिएको मन्त्री भट्टले जानकारी दिनुभयो । उहाँले बजार अनुगमन निरन्तर भइराखेको र उपभोक्ता संरक्षण ऐन र नियमावली कार्यान्वयनमा आएपछि बजार अनुगमनमा प्रभावकारीता आएको छ ।
यस्तै उपत्यकाका औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने विषयमा सरकारले अधययन गरिराखेको बताउनुभयो । मानव वस्ती नजिक रअेका औद्योगिक क्षेत्रले वातावरणलाई प्रदुशित पारेको भन्दै सांसदहरुले औद्योगिक क्षेत्रको स्थानान्तरण सम्बन्धमा प्रश्न गरेपछि मन्त्री भट्टले मन्त्रालयले अधययन गरिराखेको बताउनुभयो । यस्तै नेपाल सरकार अन्तर्गतका रुग्ण उद्योगलाई सञ्चालन गर्न गुरु योजना तयार गरिने जानकारी गराउनुभयो ।
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्