×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यूयोर्कमा हट्यो निषेधाज्ञा, जनजीवन क्रमशः सहज बन्दै !

LAXMI SUNRISE BANK

न्यूयोर्कमा हट्यो निषेधाज्ञा, जनजीवन क्रमशः सहज बन्दै !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले त्यहाँ एक सातादेखि जारी निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्तिको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शन नियन्त्रण गर्न न्यूयोर्क सहरमा एक सातासम्म निषेधाज्ञा जारी गरिएको थियो । अराजक र उग्र भीडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट समेत गरेको थियो । मेयर ब्लासियोले ट्वीटमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका हुन् । न्यूयोर्कको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको हो ।
न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए । तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । यता, कोरोना भाइरस महामारीका कारण झण्डै २ महिना लक डाउन गरिएको न्यूयोर्कमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन सोमबारबाटै चरणबद्धरुपमा लकडाउन पनि खुकुलो बनाइएको छ ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको छ । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्य खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भीडभाड नहुने शर्तमा खुला गर्न दिइने छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी