
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चीनका यात्रुवाहक जहाज अव अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । अमेरिकाले जुन १६ तारिखदेखि लागू हुने गरी चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको हो । दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाएको हो । अमेरिकाले हङकङको विषयलाई लिएर चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने अनुमान गरिएको छ ।
चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको छ । चीनले गएको मार्च १२ तारिखदेखि अमेरिकी यात्रुवाहक जहाजलाई रोक लगाएको छ । अमेरिकी एअरलाइन्सले चीनमा उडान अनुमति माग्दा पनि कोरोना महामारीलाई कारण देखाएर चीनले यात्रु उडानमा रोक लगाउँदै आएको छ ।
अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्