Skip to content
LAXMI SUNRISE BANK

सप्तरीमा कालोबजारीको आरोपमा ५ लाखको गुटखासहित व्यापारी पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । प्रहरीले कालोबजारी गरेको आरोपमा अवैध गुटखासहित एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा ५ लाख मुल्य बराबरको गुुटखा गोदाममा लु्काईछिपाई कालोबजारीमा संलग्न रहेको आरोपमा राजविराज ७ स्थित धर्मराज ट्रेडर्सका संचालक ४२ बर्षीय मनोज कुमार साहलाई पक्राउ गरेको हो ।
डिएसपी तिलक भारतीका अनुसार लकडाउनका बेला अवैध सामग्री ओसार पोसार गरी कालोबजारी गरिरहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । साहले गोदाममा लुकाई राखेको ५ लाख मुल्य बराबरको २ हजार ३ सय ५८ प्याकेट गुटखासमेत नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK