×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषाको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनुषाको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा
  • अर्थ सरोकार सम्बाददाता 
धनुषा । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिनुभयो । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वरेन्टीनसहित अन्य व्यवस्थापन गरेर फेरि नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । 
सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पार्नुभयो । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी