×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङको कोरोना विशेष अस्पतालमा रहेका आठ जनाको रिपोर्ट नेगेटिभ

PRIME CA

दाङको कोरोना विशेष अस्पतालमा रहेका आठ जनाको रिपोर्ट नेगेटिभ

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङ
दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । 
पहिलो एक हप्तामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गरिने जनाइएको छ । उहाँका अनुसार अन्य आठ जनाको रिपोर्ट भने पोजिटिभ नै आएको छ । 
अहिले अस्पतालमा बाँकेका आठ, कपिलवस्तुका ६, दाङका तीन, बर्दियाका पाँच र रुपन्देहीका तीन गरी २५ सङ्क्रमितलाई राखेर उपचार गरिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: