×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई कडाइका साथ लागु गर्ने !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई कडाइका साथ लागु गर्ने !

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेडदर ४.४ प्रतिशत भित्र ल्याइसक्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै यस्तो जनाएको हो । 
चालु आर्थिक वर्षको मौन्द्रिक नीतिमार्फत स्प्रेडदरलाई ४.५ प्रतिशतबाट ४.४ प्रतिशतमा झार्ने व्यवस्था गरिएको थियो । अघिल्लो वर्ष स्प्रेडदर ५ प्रतिशत थियो । बैंकहरुको बढी व्यापार गर्दै जाँदा कम मार्जिनमा काम गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै आएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाउने जनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात बैंकदर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी