×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराका तीन संक्रमित भारतबाट आएका थिए, संक्रमितको संख्या ४१ पुग्यो

LAXMI SUNRISE BANK

बाराका तीन संक्रमित भारतबाट आएका थिए, संक्रमितको संख्या ४१ पुग्यो

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार बारामा थपिएका पाँच जनामध्ये ३ जना भारतबाट आएको पाइएको छ । २ जना भने क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना नेपाली सेनामा कार्यरत व्यक्ति हुन् ।
वैशाख ३१ गते भारतको विभिन्न ठाउँबाट आएका उनीहरू पचरौता नगरपालिका–१ स्थित पिपरपाती माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई नेपाल-भारत सीमा नाकाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । पचरौता नगरपालिकाका जनस्वास्थ्य प्रमुख नवलकिशोर यादवका अनुसार हरियाणा, पटना र दिल्लीबाट आएका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको छ । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी