Skip to content
LAXMI SUNRISE BANK

जनकपुरबाट भागेका सर्लाहीका कोरोना संक्रमितलाई जिल्लाकै आइसोलेसनमा राखियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षबाट भागेका सर्लाहीका ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई जनकपुरमा लिन नमानेपछि जिल्लामै राखिएको छ । 
आइतबार बिहान आइसोलेसनबाट भागेका उनी आफ्नो घर हरिपूर्वा नगरपालिका ३ धनकौलमा सोमबार बेलुका पुगेका थिए । घर आएपछि प्रहरीले उनलाई पक्राउ गरि फेरी जनकपुर लगेका थिए । तर, प्रादेशिक कोरोना विशेष अस्पतालले लिन नमानेपछि उनलाई सर्लाही सदरमुकाम मलंगवामा २ सन्त अल्पमाई सत्यनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको कोरोना विशेष आइसोलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK