
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित होम आइसोलेसनमा रहेकी एकजना गर्भवतीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका(१ की २४ वर्षीया गर्भवतीको मंगलबार (आज) बिहान साढे ६ बजे मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई सोमबार रातिदेखि ज्वरो आएको थियो । ज्वरोसँगै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।
उनलाई १० दिनदेखि ज्वरो आएर बिरामी परेकी उनी होम आइसोलेसनमा थिइन् । यादवका अनुसार उनी दुईजना सन्तानकी आमा थिइन् । १००.२ डिग्री ज्वरो आएर श्वास फेर्नै गाह्रो भएपछि राजविराजस्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि लगिएको थियो । त्यहाँ पिसाबको संक्रमण भएको ठहरसहित चिकित्सकले औषधि दिएर होम आइसोलेसनुमा बस्न भनेका थिए । कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएपछि मृतक गर्भवतीको स्वाब लिइएको यादवले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्