
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् । सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ९० जना, रौतहटमा ५२ जना, बारामा ३६ जना, सर्लाहीमा ३४ जना, धनुषामा ११ जना, महोत्तरी र सप्तरीमा ४र४ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् । संक्रमितमध्ये ५ जना यस प्रदेशका स्थायी बासिन्दा भए पनि काठमाडौंमै बस्दै आएका छन् । संक्रमितहरुको विभिन्न ठाउँको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमितमध्ये २० जना निको भएर घर फर्केका छन् । पर्साका १८ संक्रमित आइतबार राति निको भएर घर फर्केका छन् भने दुई जना यसअघि नै निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्