- अर्थ सरोकार सम्बाददाता
बुटवल । मृत्यु भएको ३१ घन्टापछि गुल्मीका कोरोनाभाइरस संक्रमितको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा उनको शव गाडेको हो ।
मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो । पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।
महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्ने लगायतका माग यथावत रहेको उनले बताए ।
‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं, तर यसको मतलब हामीले माग छाडेका होइनौं’, उनले भने, ‘स्वाब संकलन गर्दा एकजना मर्चवारतिरबाट क्वारेन्टाइनबाट आएका बिरामीको पनि स्वाब संकलन गरिएको र त्यसको फाराम इमेलमार्फत पठाउँदा यताउता भएर रिपोर्ट पोजेटिभ आएको हुनसक्ने शंका पनि छ ।’
बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसंग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ । त्यस्तै अस्पतालका सञ्चालक आफैले बुधबार बिहान विरामीको मृत्यु भएको भनेर मिडिया र नगरप्रमुखलाई जानकारी दिनुको कारणबारे छानबिन गर्नुपर्ने मृतकका भाइले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्