×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्लाहीका १५ कोरोना संक्रमित व्यक्तिहरुको ‘ट्राभल हिष्ट्री’ : सीमा क्षेत्रको चोरबाटो हुँदै यसरी पुगेका थिए सर्लाही…

LAXMI SUNRISE BANK

सर्लाहीका १५ कोरोना संक्रमित व्यक्तिहरुको ‘ट्राभल हिष्ट्री’ : सीमा क्षेत्रको चोरबाटो हुँदै यसरी पुगेका थिए सर्लाही…

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । शुक्रबार बिहान सर्लाहीमा मात्र १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ जनामा कोरोना संक्रमण पुष्टी गरेको हो ।
संक्रमित सबै भारतबाट लुकेर आएको पाइएको छ । सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी गतसाता मात्रै उनीहरु सर्लाही छिरेको पाइएको हो । सर्लाहीको गोडैता नगरपालिकामा एक महिलासहित १४ जना र रामनगर गाउँपालिकाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका उनीहरुको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैलाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा लग्ने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी