
- अर्थ सरोकार बीमा ब्युरो
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कमलादी शाखामा फ्रन्ट डेस्कमा बस्ने महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको त्रासले देशभर लकडाउन भएपछि उनी भैरहवा पुगेकी थिइन् । भैरवहाबाट काठमाडौँ आए पछि स्वाब परिक्षण गर्न दिएकी उनी उपत्यकाबाहिरबाट आएपछि कार्यालय गइन् । यसो त उनलाई कम्पनीले नै काठमाडौँ बोलाएको थियो ।
काठमाडौँस्थिति कमलादी शाखामा कोरोना संक्रमणपछिसमेत पुगेकी उनी कोरोना संक्रमण पुष्टी भएपछि हाल असपतालमा छिन् । कम्पनीकै जिद्दीले उनी काठमाडौँ फर्कंदा उनीसँगै कोरोना संक्रमण काठमाडौँ भित्रियो । तर यस्तो बेलामा झन् संवेदनशील हुनुपर्ने ठाउँमा सिद्धार्थ इन्स्योरेन्सले लापरवाहीको हद नाघेको छ ।
उक्त प्लाजामा मुक्तिनाथ बिकास बैंक, ज्योति बिकाश बैंक, बिओके क्यापिटल, हुलास स्टिलस् लगायतका कम्पनी छन् । प्लाजामा यतिसम्म लापरवाही गरिएको छ कि प्लाजामा रहेका सुरक्षा गार्ड मास्कसमेत नलगाई ड्युटीमा बसेका छन् भने सोहि प्लाजामा रहेका एटिएमहरुमा सेनिटाईजरको व्यवस्थासमेत गरिएको छैन । तर यस विषयमा कम्पनीका प्रमुख वीरेन्द्र वैदवार क्षेत्री बोल्नै मानिरहेका छैनन् ।
कम्पनीको चरम लापरवाहीबारे अर्थ सरोकार बीमा ब्युरोले तयार गरेको यो भिडियो रिपोर्ट हेर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्