×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जको गण्डक अस्पतालले गर्यो कोरोना उपचार सुरु

LAXMI SUNRISE BANK

वीरगञ्जको गण्डक अस्पतालले गर्यो कोरोना उपचार सुरु

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । गण्डक कोभिड अस्पतालले बिहीबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको छ । सिद्धार्थ माविको आइसोलेसनमा रहेका २५ जना संक्रमितलाई ल्याएर उपचार सुरु गरिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।
नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको चाप बढेपछि अस्पतालमा नअटाएकाहरुलाई विद्यालयको आइसोलेसन राखिएको थियो । कोभिड अस्पताल सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले शनिबार नै हस्पिटलको साँचो नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।
कोभिड अस्पताल सञ्चालनको जिम्मेवारी पाएसँगै नारायणी अस्पतालले डा. सिंहलाई कोअर्डिनेटर तोक्दै आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन मिलाएको हो । नारायणी उपक्षेत्रीय अस्पतालबाट पुनः जनरल सेवा सञ्चालन गरिने भएपछि गण्डक हस्पिटललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएको थियो । ७० बेडको आइसोलेसन वार्ड भएको कोभिड अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च भने महानगरपालिकाले व्यहोर्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी