×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सर्लाहीमा थपिएका कोरोना संक्रमित व्यक्ति बागमती र हरिवनका, ‘ट्राभल हिष्ट्री’ खोजिँदै !

LAXMI SUNRISE BANK

मंगलबार सर्लाहीमा थपिएका कोरोना संक्रमित व्यक्ति बागमती र हरिवनका, ‘ट्राभल हिष्ट्री’ खोजिँदै !

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम

  • अर्थ सरोकार सम्बाददाता 
सर्लाही । मंगलबार सर्लाहीमा थप दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा कोरोना भाइरस संक्रमित ५ जना पुगेका छन् ।
सर्लाहीको बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर जिल्ला घर भई हाल हरिवन नगरपालिका ९ नयाँरोड डेरा गरी बस्ने ३१ वर्षे पुरुषमा पोजेटिभ देखिएको हो । ती दुवैजनाले काठमाडौंस्थित टेकु अस्पतालमै गएर स्वाब दिएका थिए। संक्रमित उनीहरुको ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। 
बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूली आमालाई लिएर उपचारका गराउन काठमाडौं थिए । उनीसँगै उनका भाइ पनि रहेका बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी