×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना भेटिए कोरोना संक्रमित, कुल संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

काठमाडौँमा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना भेटिए कोरोना संक्रमित, कुल संख्या कति पुग्यो ?

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपत्यकाका पाँच जनासहित थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी