×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो !

LAXMI SUNRISE BANK

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधामपर्सा । प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ । लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो । 
यसैबीच प्रदेश २ सरकारले आठवटै जिल्लामा किसानलाई ब्याजमा अनुदान दिने भएको छ । कृषि तथा पशुपालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिन लागेको हो । 
सो ऋणको ब्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने ब्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष रु ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुँदै आएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी