×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ दिनको शेयर कारोबार छानविन अनिश्चित, बजारमा चलखेल भएको लगानीकर्ताहरुको गुनासो

LAXMI SUNRISE BANK

२ दिनको शेयर कारोबार छानविन अनिश्चित, बजारमा चलखेल भएको लगानीकर्ताहरुको गुनासो

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत हप्तामा भएको २ दिनको शेयर कारोबारको छानविन अनिश्चित बनेको छ । लगानीकर्ताहरुबाट बजारमा चलखेल भएको गुनासो गरेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई यसबारे छानविन गर्न निर्देशन दिएको थियो । तर निर्देशन लगत्तै नेप्से बन्द भएकोले छानविन अनिश्चित भएको हो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बोर्डबाट पत्र आएको स्वीकार गरे । तर आफुले अहिलेसम्म पत्र नहेरेकोले त्यसको व्यहोरामा के उल्लेख छ भन्ने बारे जानकारी नभएको दाबी गरे । उनले अहिले नेप्सेको कार्यालय पनि बन्द रहेकोले अब खुलेपछि मात्र त्यसमा आवश्यक अध्ययन तथा छानविन हुने बताए । यद्यपि बजारमा चलखेल नभएको उनको दाबी छ ।उनले सबै पास खारेज भएकोले अब कार्यालय खुलेपछि मात्र अध्ययन सुरु हुने बताए ।
सरकारले लकडाउनको अवधि जेठ २० गतेसम्म कायम गरेकोले कार्यालय कहिले खुल्ने अझै अनिश्चित छ । यससंगै छानविन पनि अनिश्चित बनेको छ । बोर्डले छानविनको लागि समय पनि नतोकेकोले छानविनमा अन्योल बढेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना यसबारे छानविन गर्न निर्देशन दिईएको तर समयसीमा भने नतोकिएको बताउछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी