
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९६ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ९६ हजार एक सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन भेटिएका कोरोना भाइरसको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा ३६ हजार आठ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्