×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका मासु पसलेलाई कोरोना संक्रमण भएको पुष्टि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

काठमाडौंका मासु पसलेलाई कोरोना संक्रमण भएको पुष्टि

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंस्थित कालीमाटीमा मासु व्यापार गर्दै आएका एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाका २८ वर्षीय उनी  काठमाडौंस्थित कालीमाटीका व्यवसायी गर्दै आएको पुष्टि भएको हो ।
बाँकेको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुरका स्थायी बासिन्दा रहेका उनी लकडाउनको समयमा घर गएका थिए । काठमाडौंँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणपछि ती पूरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंँ आएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले  बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी