×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

LAXMI SUNRISE BANK

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ५५ हजार १ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९० हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख २७ हजार ३ सय ५२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने अहिलेसम्म ३ हजार २५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ सय ४ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी