
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज कोरोना पुष्टि भएका रौतहटका १० जना ५ दिन अगाडी भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ । भारतको मुम्बई र गुजरात सहरवाट तरीका अपनाउदै उनीहरु नेपालको नाका सम्म आईपुगेका थिए । भारतवाट आएका उनीहरुलाई सिधै नाकाबाट क्वारेन्टाइनमा लगीएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासूदेव घिमिरेले बताए ।
क्वारेन्टाईनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमुना संकलन गरेर परीक्षणको लागी काठममाडौं पठाईएको थियो । संक्रमित सबैलाई थप उपचारका लागी बिरगंज लैजाने तयारी भईरहेको प्रजिअ घिमिरेले बताए । भारतबाट आएका उनीहरुलाई नाकाबाट नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाईएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाईने प्रजिअ घिमिरेले बताए ।
आज रौतहटका राजपुर नगरपालीका वडा नम्बर ९ फरहदवा गाउँका ७, ईश्नाथ नगरपालीका वडा नम्बर २ औरईयाका २ जनामा र वडा नम्बर ५ मोतिपुर टोलका १ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो । यसै गरी रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्