Skip to content
LAXMI SUNRISE BANK

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको विशेष टोली धुलिखेलमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काभ्रे । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टी भएपछी चिकित्सकको विशेष टोली धुलिखेल पुगेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनका अनुसार ती महिलाको मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने र त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिएका छन्।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । 
निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK