×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीले नरेन्द्र मोदीलाई पछारेको भिडियो निर्माता पौडेल पक्राउ, थप अनुसन्धान जारी

LAXMI SUNRISE BANK

केपी ओलीले नरेन्द्र मोदीलाई पछारेको भिडियो निर्माता पौडेल पक्राउ, थप अनुसन्धान जारी

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछारेको भिडियो निर्माण गर्ने तोरण राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तोरणराज पौडेललाई प्रधानमन्त्री ओली लगायत विशिष्ठ व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरि भिडियो बनाएको आरोपमा पक्राउ गरेको हो । 
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको अनुहार मिल्ने गरी दुई जनाबीच रेस्लिङ फाइटको भिडियो बनाएका थिए । उक्त भिडियोमा ओलीले मोदीलाई पछारेको देखाइएको छ । तोरणराज पौडेलको फेसबुकमा नाम मधु पौडेल रहेको बताइएको छ ।
सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी बस्ने २२ वर्षका पौडेललाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको र अदालतको उनीमाथि अनुसन्धान गर्नको लागि ५ दिन समय दिएको प्रहरी बरिष्ठ उपरीक्षक एव प्रवक्ता नविन्द्र अर्यालले बताए ।
उनी माथि विद्युतीय कारोबार ऐन ३०६३ विरुद्ध मुद्दा चलाइन प्रहरी प्रधान कार्यालयको साइवर व्यूरोले जनाएको छ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि भारतविरुद्धको आवाज चर्केदै गएको बेलामा ओलीले मोदीलाई पछारेर उठ्न नसक्ने गरी थिचेको सन्देश दिने फोटो मल्टिलेशन बनाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी