Skip to content
LAXMI SUNRISE BANK

पर्सामा भाग्ने संक्रमितलाई गोली हान्न आदेश !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सामा कोरोना संक्रमित व्यक्ति भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार पाएका छन् । पर्साको संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिने निर्णय गरेको पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन् । 
बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । उक्त क्रम बढ्न थालेपछि यस्तो निर्णय गर्नुपरेको एसपी पन्तले बताईन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK