×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या ८१ हजार नाघ्यो, दिनमै ३ हजार ९४२ जना नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमितको संख्या ८१ हजार नाघ्यो, दिनमै ३ हजार ९४२ जना नयाँ संक्रमित फेला

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। भारतमा दिन प्रति दिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९४२ जना नयाँ संक्रमित फेला परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो समेत गरेर भारतमा २ हजार ६४९ पुगेको छ । 
भारतमा कुल संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । संक्रमितहरुमध्ये ५१ हजार ३७९ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २७ हजार ९६९ जना निको भएर घर फर्केका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी