×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा सबैभन्दा धेरै कोरोनाका बिरामी, देशभर ३५ जना संक्रमित निको भए (अपडेट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ मा सबैभन्दा धेरै कोरोनाका बिरामी, देशभर ३५ जना संक्रमित निको भए (अपडेट)

Artha Sarokar

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा हालसम्म ३५ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । बुधबार २ जना संक्रमित निको भएसंगै यो संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
कोरोना भाइरस संक्रमितको संख्या भने २१९ पुगेको छ । जसमा १७६ जना पुरुष र ४३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
हालसम्म पीसीआर विधिबाट २१ हजार ३४० जनाको तथा ६० हजार ३१९ जनाको आरडीटी परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३५७ पीसीआर परीक्षण र ६९२ वटा आरडीटी परीक्षण गरिएका छन् ।क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन् भने आइसोलेसन २४५ जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी