
काठमाडौं । प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा आरडिटी किटको अभाव भएको छ । जिल्लामा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभाव भएपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
सिरहासँग जोडिएका प्रदेश नं २ को सप्तरी र धनुषा तथा प्रदेश नं १ को उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको प्रदेश नं २ को एक्लो जिल्ला सिरहामा जोखिम बढेको छ तर परीक्षण गर्ने आरडिटी किटको अभाव हुँदा परीक्षण प्रभावित भएको प्रमुख यादवले बताउनुभयो ।
“करिब दुई साताअघि ६०० किट आएको थियो”, प्रमुख यादवले भन्नुभयो, “आएको किट सबै प्रयोग भइसकेको छ, अब हामीसँग किट छैन ।” दैनिक जाँचका लागि विभिन्न स्थानीय तहबाट १०० हाराहारीमा किटको माग भइरहेको छ, तर अभावका कारण दिन सकिरहेका छैनौँ, प्रमुख यादवको भनाइ छ ।
किट पठाइदिन प्रदेश नं २ को स्वास्थ्य निर्देशसनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि आरडिटी जाँच अघि बढाउने प्रमुख यादवले बताउनुभयो । किटकै अभावमा सिरहा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ४६० जनाको पिसीआर परीक्षण भएको छ भने ५५० जनाको आरडिटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले जानकारी दिनुभयो । सिरहामा एक जना मात्र धनगढीमाई नगरपालिकास्थित गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यता पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहालाई सुरक्षित राख्ने चुनौती बढेको छ ।
कोरोना प्रभावित जिल्लाका साथै खुला सिमानाका कारण भारतबाट समेत लुकीछिपी मानिस आउजाउ गरिरहेका कारण सिरहा जोखिममा परेको स्थानीयवासीले बताएका छन् । प्रभावित स्थानबाट हुने आवतजावतलाई पूर्णरूपमा रोक्न नसिकए सिरहा पनि सङ्क्रमणको चपेटामा पर्न सक्ने लहानका स्थानीयवासी तथा वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनको बताउनुभयो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्