
- अर्थ सरोकार सम्बाददाता
सिमरा । बारामा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ । जिल्लाको बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १४ वर्षीय बालकलाई मंगलबार कोरोना पुष्टि भएसंगै यो संख्या ३ पुगेको हो ।
बुवासँग वीरगन्जको इनर्वामा ग्यास पसलको व्यवसाय गर्दै आएका बालकमा कोरोना संक्रमण देखिएको हो । बारा घर भई वीरगन्जमा व्यवसाय गर्ने बालकमा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । बालकलाई वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको प्रजिअ पण्डितले बताए ।
संक्रमित बालकको परिवारका सम्पूर्ण परिवार सदस्यहरुलाई क्वारेन्टाइनमा राखिने पनि उनले बताए । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ७ र १९ का दुई पुरुषमा संक्रमण देखिएको थियो । बारामा हालसम्म २ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये २ जना यसअघि नै संकमित पृष्टि भएका छन् । पछिल्लो समय १ सय ३१ जनाको स्वाब संकलन गरिएको बारा प्रशासनले जनाएको छ । नेपाल कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । यस्तै बारामा संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु पनि लगाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्