Skip to content
LAXMI SUNRISE BANK

पटक पटक गुणस्तरहीन प्रमाणित भएको शिवम् सिमेन्ट्सको अरवौंको सेल्स घटेपछि नाफा पनि घट्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पटक पटक गुणस्तरहीन प्रमाणित भएर पनि सेटिङमै विक्री भइरहेको शिवम सिमेन्ट उत्पादन गर्ने कम्पनी शिवम् सिमेन्ट्सको विक्री घटेपछि नाफा पनि घटेको छ । कम्पनीले बुधबार प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा धेरैदिन जनता ढाँटेर नचल्ने रहेछ भन्ने प्रमाणित हुने गरी नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको छ।
सेयर बजारमा पनि चरम चलेखेल भएको यो कम्पनीले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ घटेर ७९ करोड २४ लाखमा खुम्चिएको छ। कम्पनीको अरवौंको सेल्स घटेपछि नाफा घटेको हो । 
कोरोनालाई दोष दिएपनि खास यो सिमेन्टलाई जनताले विश्वास गर्न छोडिसकेका छन् । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा रहेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK