
काठमाडौँ – लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ।
निगमको तथ्यांकानुसार गत चैत ११ गतेदेखि वैशाख २८ गतेसम्म देशैभर उक्त ६८ हजार किलोलिटर डिजेल र १६ हजार किलोलिटर पेट्रोल बिक्री भएको हो। लकडाउनपूर्व दैनिक आठ हजार डिजेल र तीन हजार पेट्रोल बिक्रीवितरण हुँदै आएको थियो। अन्य दिनमा पाँच दिनमा बिक्री हुने पेट्रोल र आठ दिनमा बिक्री हुने डिजेल लकडाउनका कारण ४५ दिनमा बिक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा टाइमकार्ड लागु गरेर सवारी साधन सञ्चालन हुँदा पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ।
लकडाउन अवधिमा थानकोट डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएकामा हाल खपत दोब्बर भएको छ।
सातामा एक दिन तेल
लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आउँदा सातामा एक दिन मात्र मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट तेल आउने गरेको छ। “हामीसँग भएको भण्डारणबाट निश्चित मात्रामा तेल घटेपछि इण्डियन आयल कर्पाेरेशनलाई भनेर पाइपलाइन सञ्चालन गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “दैनिक रुपमा तेल आउँदा भण्डारणमा समस्या आएपछि हामीले तेल घटेपछि मात्र ल्याउने गरेका हौँ। हाम्रो मागअनुसार आइओसीमार्फत दुईतीन दिन तथा एक सातामा पाइपलाइनबाट तेल आउने गरेको छ।”
उहाँका अनुसार २० हजार छ सय किलोलिटर भण्डारण क्षमता रहेको डिपोबाट दैनिक करीब १२ लाख लिटर डिजेल बिक्री हुने गरेकामा हाल एक दिन बिराएर डिपो सञ्चालन गर्दा करीब पाँच लाख लिटर मात्रै बिक्री हुने गरेको छ।
प्रवक्ता उपाध्यायका अनुसार हाल निगमसँग ९० प्रतिशत डिजेल, ८७ प्रतिशत पेट्रोल र ९३ प्रतिशत हवाइ इन्धन मौज्दात छ। – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्