Skip to content
LAXMI SUNRISE BANK

वीरगञ्जमा ४ जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार भएको खुलेको छ । ३९ जना संक्रमितमध्ये चार जना पत्रकार रहेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टि गरेका छन् ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाको उच्च जोखिममा रहेको वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने ३३ जना निको भइसकेका छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK