×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, वितरण योग्य नाफा भने ऋणात्मक (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, वितरण योग्य नाफा भने ऋणात्मक (विवरणसहित)

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लक्ष्मी बैंकको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६ करोड ३ लाख रुपैयाँले बढेर १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । बैंकको खुद नाफा बढे पनि वितरण योग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरण योग्य मुनाफा सो अवधिसम्ममा ४१ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 
यस्तै, बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६१ करोड रुपैयाँ गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४१ करोड ४२ लाख रुपैयाँ बढी हो । यता, बैंकको सञ्चालन नाफा ४ करोड ७४ लाख रुपैयाँ बढेर १ अर्ब ५६ करोड पुगेको छ।
सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा ०.५८ प्रतिशत बढेर १.७८ प्रतिशत पुगेको छ।
बैंकको खुद नाफामा सामान्य सुधार भएपनि प्रतिसेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी ५८ पैसाले घटेर १४ रुपैयाँ ८१ पैसामा सीमित रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: